Monday, April 27, 2015

solidarity for nepalese people!

महाविपद्को घडीमा सहयोगका लागि जुटौँ


Earth-Quick-At-kathmandu
प्रिय पाठकहरू ! हामी यतिबेर राष्ट्रिय विपत्तिको स्थितिमा छौँ । लाखौँ नेपाली नागरिक यो विपत्तिको मारमा परेका छन् । मुत्यु हुनेहरूको सङ्ख्या ४००० हजारभन्दा माथि पुगेको छ र यो सङ्ख्या अझ बढ्दैगएको छ । गाउँका दुर्गम क्षेत्रहरूको अझै राम्रोसित सूचना प्राप्त हुनसकेको छैन । यस घडीमा समवेदना र सहयोगमात्र छ हामीसित । आवश्यक सूचना र सुरक्षाका उपायभन्दा नेपाल सरकार आफैँ अलमलिएको स्थितिमा देखिन्छ र विदेशी सञ्चारमाध्यमहरू त्यसमा पनि भारतीय सञ्चार माध्यमहरू थप आतङ्क उत्पन्न गरिरहेका छौँ । प्रायोजित किसिमले गरिएको यस किसिमको सूचनाआतङ्कको हामी निन्दा तथा भ्रत्र्स्ताना गर्दछौँ ।
नेपाल सरकारले राहतको कुरा गरे पनि यो पनि नाम मात्रको छ र राजनीतिक स्वार्थप्रेरित भएजस्तो देखिन्छ । आम नागरिकका बारेमा भन्दा सरकारमा बसेकाहरू आफ्नो चुनावक्षेत्रमा मात्र ध्यान दिइरहेका छन् भन्ने बुझिन्छ । त्यसैले राहत अभियानभन्दा होहल्ला नै बढी भएको छ । यस घडीमा महाविपत्मा परेकाहरूको सहयोगका लागि जुट्नु हामी सबैको कर्तव्य हो । आउनुहोस् महाविपद्मा परेकाहरूको सहयोगका लागि व्यवहारमा जुटौँ ।
000

No comments:

Post a Comment